कात्तिक २७ – हिन्दुहरुको महान पर्व दशैं पछिको दोस्रो उल्लासमय पर्व शुभ दिपावली अर्थात तिहारको आज पहिलो दिन कागको पूजा गरी मनाइँदै छ ।
परम्परादेखि चलिआएको धार्मिक मान्यता अनुसार यमराजको सन्देश बाहकको रुपमा मानिएको कागलाई आज यमदूतकै रुपमा पूजा गरेर मिठा मिठा खानेकुरा दिएर पूजा गर्ने चलन छ ।
कात्तिक कृष्णपक्ष त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्म पाँच दिन मनाइने तिहारको पहिलो दिन काग तिहार गरी पञ्चक सुरु हुने गर्दछ ।
तर यो वर्ष हिजो द्वादशीको विहान १० बजेर १८ देखि त्रयोदशी सुरु भएको नेपाल पञ्चाङ्ग निर्णयक समितिले जनाएको छ ।