कात्तिक २६  –  बारा जिल्लाको चैनपुरमा रहेको चचान ग्रुपद्वारा सञ्चालित उद्योगबाट निस्किएको फोहोर मैला तथा प्रदूषण रोक्न गएका गाउलेमाथि प्रहरी हस्तक्षेप हुँदा ४० जना भन्दा बढी घाइते भएका छन् ।

नारायणी राइस मिलबाट निस्केको फोहर तथा प्रदुषण रोक्न माग गर्दै स्थानीय बासिन्दाहरू उक्त मिलको गेटमा धर्ना दिइरहेको अवस्थामा प्रहरीले हटाउन लाठी चार्ज गरेपछि त्यहाँ झडपको अवस्था सिर्जना भएको थियो ।

सो अवस्थामा प्रहरीले १२ राउन्ड हवाइ फायर गरेको बताइएको छ भने २ सेल अश्रु ग्यास समेत प्रहार गरेको थियो ।

सर्वोच्च अदालतले २०६७ साल कार्तिक ११ गते नै यस मिललाई प्रदुषण रोक्नका लागी निर्देशन दिएपनि निर्देशन पालना नभएपछि गाउँलेहरु प्रदूषण रोक्न दबाब दिन त्यहाँ पुगेका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।