कात्तिक २४ – सुनसरी जिल्लामा अवस्थित पूर्वाञ्चल क्षेत्रीय कारागारबाट १२ जना कैदी फरार भएपछि उक्त घटनालाई लिएर प्रहरी निरीक्षकसहित १७ जनालाई निलम्बन गरिएको छ ।

कारागारको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी निरीक्षकको नेतृत्वमा १६ जना र क्षेत्रीय प्रहरी कार्यालय विराटनगरबाट ४ जना प्रहरी खट्दै आएका थिए ।

उक्त प्रहरी सुरक्षा घेराबाट नै गम्भीर अपराधको मुद्दा समेत खेपिरहेका १२ जना कैदी गएराती सुरुङ खनेर भागेपछि १७ जना प्रहरीलाई निलम्बन गरिएको हो ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालयका डीआईजी पर्शुराम खत्रीले प्रारम्भीक अनुसन्धानका आधारमा प्रहरी निरीक्षकसहित १९ जनालाई निलम्बनको सिफारिस केन्द्रमा पठाएको जानकारी दिए ।

फरार हुनेहरुमा बंगलादेशी अपराधी अली असरफ अन्सारी, भारतीय कुख्यात अपराधी मुखिया भनिने धिरेन्द्र यादब सहित भारतीय अपराधीहरु बमबम भनिने दिनेश यादब, रमेश यादब, बिनायक यादब, सुभाष यादब, सुभाष झा, सरफराज आलम, रमेश सदाय, फारुक मिया, ममताज मिया र जाकिर मिया रहेका छन् ।
कुख्यात अपराधी कैदीहरु पुर्वाञ्चल क्षेत्रिय कारागारबाटै भागे


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।