कात्तिक २३ – पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीले लाठी चार्ज गरेपछि त्यहाँको अवस्था तनाव बनेको छ ।

आन्दोलनरत् स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि प्रहरीले हस्तक्षेप गरेपछि अवस्था असमान्य बन्न पुगेको हो ।

आन्दोलनकारीले अस्पतालमा तालाबन्दी कार्यक्रम राखेपछि अस्पताल प्रशासनले प्रहरीलाई बोलाएको थियो । सोही विषयलाई लिएर त्यहाँ प्रहरीले लाठी चार्ज गरेपछि दोहोरो हानाहानको अवस्था समेत सिर्जना हुन पुगेको थियो ।

प्रहरीको लाठी चार्जमा त्यहाँ अध्ययनरत् एमबीबीएसका छात्र छात्रा समेत परेपछि विद्यार्थीहरु ‘एप्रोन’ खोलेर धर्नामा बसेका छन् ।

प्रतिष्ठानमा दक्ष चिकित्सक हुँदाहुँदै बाहिरबाट ल्याएर शिक्षाध्यक्ष नियुक्ति गरिएको बिरोधमा अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मी आन्दोलनमा छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।