अभिनेता शाहरुख खानले आफूलाई किंग अफ रोमान्स भनेर बोलाएको प्रति मन नपरेको जनाएका छन् ।
विगत २१ वर्षदेखि बलिउडमा निरन्तर चर्चा कमाइरहेका अभिनेता शाहरुख खानलाई किंग अफ रोमान्सको उपनामले पनि पुकारिने गरिएकोमा उनले नराम्रो मानेका हुन् ।
उनले फिल्ममा निभाएको रोमान्टिक भूमिकाका कारण उनलाई यो नाम दिइएको हो ।
सन् १९९५ मा बनेको दिलवाले दुल्हनिया ले जाएंगे बाट विषेश गरेर उनको रोमान्टिक छवि बनेको हो ।
४७ वर्षीय खानले आफूसँग केवल रोमान्टिक मात्र नभएर अन्य भूमिकाको लागि पनि खुबी भएको दाबी गरे ।
बलिउडका ७५ फिल्ममा अभिनय गरिसकेका शाहरुखले माई नेम इज खान, डन जस्ता फिल्मको भूमिका निकै मन परेको बताए ।
आफूलाई केवल रोमान्टिक छविमा सीमित गर्न नचाहेको उनको भनाई छ ।
Comments