कात्तिक १७ – नेकपा एमालेका बरिष्ठ नेता केपी शर्मा ओली अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।
छातीमा इन्फेक्सन भएपछि उनलाई उपचारका लागि राजधानीको नर्भिक अस्पताल भर्ना गरिएको हो । अहिले ओलीलाई सीसीयुमा राखेर अक्सिजन दिइएको बताइएको छ ।
ओलीलाई डा. रमेश चोखानीको नेतृत्वमा रहेको टोलीले उपचार गरिरहेको छ ।
ओलीलाई भेट्न एमाले अध्यक्ष झलनाथ खनालसहित पार्टीका नेता तथा कार्यकर्ता अस्पताल पुगेका छन् । साथै सरकारका मुख्यसचिव लीलामणी पौड्यालले पनि उनलाई भेटेका छन् ।
अमेरिकामा स्वास्थ्य उपचार गरेर ओली यही साता स्वदेश फर्किएका थिए ।