काठमाडौँ, कात्तिक ५ – रातको समयमा मात्र सञ्चालनमा ल्याइएको मादकपदार्थ सेवन (मापसे) अभियानलाई दसैँको अवसरमा ट्राफिक प्रहरीले दिउँसै सञ्चालनमा ल्याएको छ ।
दिउँसो मादक पदार्थ सेवन गरेर सवारी चलाउँदै हुनुहन्छ होस् गर्नुहोस् ट्राफिक प्रहरीले (मापसे) अभियान दिउँसै चलाउँन थालेको छ ।
विजया दशमीको शुभकामना आदान प्रदान गर्ने नाममा दिउँसै मादकपदार्थ सेवन (मापसे) गर्दै सवारी चलाएको थाहा पाएर प्रहरीले यस्तो अभियान सुरु गरेको हो । ट्राफिक प्रहरीले यसअघि रातको आठ बजेपछि मात्र मापसे अभियान सञ्चालन गर्दै आएको भए पनि दिउँसो खाएर हिड्दा केही नहुने भन्दै सवारी लिएर हिड्ने भेटेपछि प्रहरीले यस्तो अभियानलाई दिउँसो समेत सुचारु गरेको हो ।
मादकपदार्थ सेवन गरेर रातको समयमा सवारी दुर्घटना हुँदै आएको भन्दै प्रहरीले केही समयअघिनेखि मापसे अभियान सुरु गरेको थियो । दसैँ विदा लामो समय भएको र फुर्सदको समयमा दिउँसै मादकपदार्थ सेवन गरी मानिसहरु हिड्न थालेपछि वाध्यताबस यो अभियानलाई दिउँसो समेत निरन्तरता दिनुपरेको ट्राफिक प्रहरीले बताएको छ ।