काठमाडौ, कार्तिक ४/ दुई साताअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको विदेशी मुद्रा एसएसपी रविराज श्रेष्ठकै मिलेमतोमा तस्करी भएको ठहर छानबिन समितिले गरेको छ । असोज १९ गते फ्लाई दुबईको उडानका यात्रु विनोदकुमार सोनीको साथबाट बरामद १ करोड २४ लाख बराबरको विदेशी मुद्रामा श्रेष्ठकै प्रत्यक्ष संलग्नता रहेको छानबिन समितिको प्रतिवेदनले देखाएको छ ।
घटनाको दुई दिनपछि प्रहरी प्रधान कार्यालयले कार्यविभाग प्रमुख एआईजी भीष्म प्रसाईंको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । समितिले शुक्रबार प्रहरी महानिरीक्षक कुबेरसिंह रानालाई बुझाएको प्रतिवेदनमा एसएसपी श्रेष्ठ, उनका चालक शोभित कार्की र असई हिराकाजी कुमालको संलग्नता देखिएको उल्लेख छ ।
समितिले अनुसन्धानका क्रममा प्रहरी हवल्दार कार्की, असई कुमाल र एसएसपी श्रेष्ठको सम्पर्क देखेपछि कुमाललाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सोधपुछका क्रममा कुमालले एसएसपी श्रेष्ठकै निर्देशनमा त्यस्तो काम हुने गरेको बयान दिएका छन् ।

Comments