कात्तिक ४ – प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले संविधानसभाको पुर्नस्थापना भए माओवादीले सरकारको नेतृत्व गरेर बसीनराख्ने बताएका छन् ।

पौडेलले संविधानसभाको पुर्नस्थापनामा जानुपर्ने कुरालाई जोड दिदै क्रान्तिकारी पत्रकार संघ म्यादीले शनिबार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भने ‘प्रमुख दलका बीचमा संविधानसभाको पुर्नस्थापनाका लागि सहमति जुटे एकीकृत नेकपा माओवादी सरकारको नेतृत्व छोड्न तयार छ ।’ पौडेलले थपेका छन् ‘देशले राजनीतिक निकास पाउने भए एमाओवादी लचक भएर प्रस्तुत हुन तयार छ ।’ पौडेलले संविधानसभाको पुर्नस्थापना नै उत्तम विकल्प भएको समेत बताएका छन् ।

पौडेलले संविधानसभाको पुर्नस्थापना हुनु नै वर्तमान राजनीतिक संकटको सहज समाधान भएको भन्दै भनेका छन् ‘सहज र सजिलो तरिकाले राजनीतिक निकास दिनका लागि पुर्नस्थापना नै उत्तम विकल्प हो ।’

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।