कात्तिक ३ – नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले एकीकृत माओवादीलाई राष्ट्रपतिमा सबै अधिकार निहित रहेको एक लाइनको संविधान चाहिएको आरोप लगाएका छन् ।
 


शुक्रबार प्रेस युनियन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रिजालले भने ‘पुरानै संविधान भए पनि हुन्छ माओवादीलाई, तर राष्ट्रपति चाहियो रे ।’ रिजालले माओवादीलाई राष्ट्रपति चाहिएको प्रति लक्षित गर्दै थपेका छन् ‘राष्ट्रपति दियो भने माओवादी सबै कुरा पर्खिन तयार छन् ।’

रिजालले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति बन्ने लोभले मुलुक अनिर्णयको बन्दी बनेको आरोप लगाएका हुन् । रिजालले माओवादीले हस्तीनापुरको जस्तै राज्य चलाउँन खोजेको समेत आरोप लगाएउँदै भनेका छन् ‘माओवादीलाई सबै अधिकार राष्ट्रपतिमा निहित रहने लेखिएको एक लाइनको संविधान मात्र चाहिएको छ ।’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।