कात्तिक २ – सुर्खेतका कृपालु कृष्ण थारुले धावनमार्गमा खसेको चार लाख रुपयाँको चेक फिर्ता गरेका छन् । चार लाख रुपयाँको चेक फिर्ता गर्ने थारुलाई राष्ट्रिय बाणिज्य बैंक सुर्खेतले दोसल्ला ओढाएर सम्मान गरेको छ ।
सबै प्रक्रिया पुरा भएको वा बैंकमा साट्न तयार भएको चार लाख रुपयाँ चेक भेट्टाएर पनि इमान्दारीताका साथ बैंकमा बुझाएको भन्दै वाणिज्य बैंक सुर्खेत शाखाका प्रबन्धक यज्ञबहादुर बस्नेतले उनलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् । २३ वर्ष लामो बैंकिङ क्षेत्रको सेवा अनुभवमा यस्ता घटना दुई पटक आइपरेको बताउँने बस्नेतले भने ‘इमान्दारिताको यस्तो नमूना त अपवादका रुपमा मात्र देख्न पाइन्छ ।’
सुर्खेत कोटीकाचेइली २ नयाँगाउँका २४ वर्षीया थारु विमानस्थलमा लोडरको काम गर्दै आएका छन् । उनले लोडको काम गर्ने क्रममै तारा एयरको जहाज आए लगत्तै धावनमार्गमा खसेको चेक भेट्टाएका थिए । भेट्टाएको चेकका सम्बन्धमा घर परिवारमा छलफल पछि छिमेकी सँग भएको सल्लाहाले थारुले चेक बैंकमा बुझाएका हुन् ।
Comments








