असोज ३० – सर्वोच्च अदालतले तत्कालका लागि राजु बस्नेतलाई सहायक रथी पदमा गरिएको बढुवा कार्यान्वयन नगर्न भनेपछि प्रधानमन्त्री र सेनापतिलाई समेत यसले झस्काईदिएको छ ।
सर्वोच्चले सोमबार मानव अधिकार उल्लंघनको आरोपित राजु बस्नेतलाई सहायक रथी पदमा गरिएको बढुवा तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश गर्दै अन्तरिम आदेश जारी गर्ने या नगर्नेबारे दुवैपक्षलाई आगामी कात्तिक १९ गते छलफलमा बोलाएको छ ।

द्वन्द्वका समयमा ४९ जनालाई बेपत्ता बनाउने मानवअधिकार उल्लङ्घनकर्ता तत्कालीन भैरवनाथ गणका महासेनानी बस्नेतविरुद्धको रिटमा न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग, नेपाली जङ्गी अड्डा र सहायक रथी निज बस्नेतका नाममा सो आदेश गर्दै दुवै पक्षलाई छलफलमा बोलाउन आदेश दिएको हो ।
राजु बस्नेतलाई यसअघि पनि बढुवा गर्न खोजेपनि उनलाई बढुवा गरिएको थिएन । संयुक्त राष्ट्रसंघको उच्चायुक्तको कार्यालयले तत्काल निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गरेपनि त्यो हुन सकेको थिएन ।
तर, देशमा प्रधानसेनापति छत्रमान सिंह गुरुङ पदबाट हटेपछि नयाँ सेनापति गौरव शमशेर जबरा आए लगत्तै उनलाई बढुवा गरिएको थियो ।
गौरव शमशेर जबरालाई उनका विपक्षीहरुले भने भारतीय निकट रहेको बताउँछन् । त्यस्तै भारतकै दबाबमा जबराले राजु बस्नेतलाई बढुवाको सुचिमा सरकार समक्ष पुर्याएको र बाबुराम पनि जबरा र भारतको दबाबमा बाध्य भएर राजु बस्नेतलाई बढुवा गर्न बाध्य भएको बताइन्छ ।
तर, सर्वोच्चले तत्काल बढुवा कार्यान्वयन नगर्न भनेपछि र कात्तिक १९ गतेलाई बोलाएपछि भने प्रधानमन्त्री र सेनापति दुवै केही मात्रामा भए पनि झस्किएका छन् ।
यता, तत्कालिन सशस्त्र युद्धताका घाइते वेपत्ता परिवाहरु भने बाबुरामबाट चिढिदैँ गएको अवस्थामा सर्वोच्चको अन्तरिम आदेशप्रति भने खुसी भएका छन् । र बस्नेतलाई बढुवा गर्दा डा. बाबुराम बने यसरी लाल गद्धार समेत भनिए ।
को हुन् त राजु बस्नेत, किन भयो त विरोध
राजु बस्नेत नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल हुन् । उनीमाथि द्वन्दकालमा भैरवनाथ गणबाट ४९ माओवादी नेता तथा कार्यकर्ता बेपत्ता पारिएको अभियोग छ । उनलाई संयुक्त राष्ट्रसंघको उच्चायुक्तको कार्यालयले तत्काल निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गरिसकेको अवस्था हो । तर अहिलेसम्म उनलाई कारबाही भन्दा पनि बढुवा पाउने क्रम जारी जस्तै देखिएको छ ।
संयुक्त राष्ट्रसंघको उच्चायुक्तको कार्यालयले उनलाई कारबाही गर्न भनेको सन् २००६ मा हो । त्यस समयदेखि नै मानवअधिकारसम्बन्धी संस्था तथा शहिद तथा बेपत्ता परिवारहरुले उनका बारेमा पटक–पटक कारबाहीका लागि सरकारलाई झकझकाउँदै आएका छन् ।
राजु वस्नेतद्धारा वेपत्ता पारिएका काठमाण्डौं, ललितपुर र भक्तपुर स्थायी ठेगाना भएका केही व्यक्तित्वहरु
विपिन भण्डारी
किशोर गोलढुंगा–१ २०५९।३।३
दिलबहादुर राई
९प्रवीण० का।म।पा।–६, सरस्वतीनगर २०५९।३।३
निश्चल नकर्मी का।म।पा।५, महादेवस्थान २०६०।८।१७
रेणुका दुलाल तीनथाना ५ २०६०।८।१४
आइते लामा नाङ्लेभारे–९ २०६०।८।१०
अर्जुन महर्जन कीर्तिपुर–५ २०६०।७।१२
भीमराज महर्जन का।म।पा।३, गोंगबू २०६०।७।४
सुचेन्द्र श्रेष्ठ का।म।पा।९, सतुंगल २०६०।८।२१
दिपक पोखरेल का।म।पा।३ २०६०।४।६
हरिशरण महर्जन का।म।पा।३, सतुंगल २०६१।३।१८
देवराज दंगाल नाङ्लेभारे–८ २०६०।८।२९
अजय साही कीर्तिपुर–११
ध्रुव नेपाल नाङ्लेभारे
मीना श्रेष्ठ का।म।पा।६, नैकाप २०६१
पीपल श्रेष्ठ का।म।पा।२, सीतापाइला २०६०।७।१०
रमेश साही नयाँ बानेश्वर २०६०।५।१५
ठाकुर लामिछाने २०५८।१२।१९
बुद्धिप्रसाद पोखरेल मूलपानी–७ २०६०
तीर्थ वि।क। मूलपानी–७ २०६०
पदमनारायण नकर्मी बुङ्मती–३ २०६०।६।५
राजेन्द्र माली ठेचो–६ २०६०।६
नन्दगोपाल माली ठेचो–६ २०६१।४।१३
बाबुराजा माली ठेचो–६ २०६१।९।३
प्रल्हाद वाइवा छैमले
गोपाल नगरकोटी छम्पी कसुन्ती, मुक्तिनाथ कार्पेट २०५८।९।१९
मिलन नेपाली इमाडोल ८ ०५६÷२÷७
दुर्गा विसंखे २०६० गंगाराम श्रेष्ठ सल्लाघारी २०५८।१२।१२
वासुदेव चुवाल कटुन्जे–६ २०६१।९।३
कृष्ण प्याकुरेल लोकन्थली २०६०
बद्रीनारायण त्वायना भ।न।पा।४ २०५८।१२।१२
सत्यनारायण प्रजापती भक्तपुर–२, जेलाँ २०५९।१।१३
ल्लाघारी २०६१।३।९

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।