असोज २३ – मानवअधिकार उल्लंघनका आरोपी नेपाली सेनाका राजु बस्नेतलाई सहायक रथीमा बढुवा नगर्न भन्नका लागि ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटर गएका नेकपा–माओवादीका कार्यकर्तामाथि लाठी चार्ज भएको छ ।

बस्नेतलाई सहायक रथीमा बढुवा गरिएको विरोधमा ज्ञापन पत्र बुझाउन पुगेका नेकपा माओवादीका कार्यकर्तामाथि प्रहरीले एक्कासी आक्रमण गरी १४ जनालाई घाइते समेत बनाएको छ ।

ज्ञापन पत्र बुझाउन जाने क्रममा बालुवाटार बाहिर बसीरहेको अवस्थामा प्रहरीले एक्कासी आक्रमण गरी १४ बढी आफ्ना कार्यकर्तालाई घाइते बनाएको राज्यद्वारा वेपत्ता योद्धा परिवारका अध्यक्ष एकराज भण्डारीले बताए ।

बालुवाटार बाहिर वैद्य पक्षका कार्यकर्ताले भने कुटाई खाईरहेको अवस्थामा बालुवाटार भित्र भने एकीकृत नेकपा माओवादी पक्षधरले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईरहेको अवस्था रहेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।