गायिका मिलन अमात्य चौधौं टुबोर्ग इमेज अवार्डमा महिलातर्फ सर्वोत्कृष्ट पप गायिका बन्न सफल भएकी छन् ।

राजधानीमा शनिबार सम्पन्न अवार्ड कार्यक्रममा मिलनले ‘मिलन’ एल्बमको ‘जहिले सम्म संसारमा’ बोलको गीतमार्फत सो अवार्ड पाएकी हुन् ।

यसवर्षको लाइटाइम अचिभमेन्ट अवार्ड भने वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक यादव खरेललाई प्रदान गरिएको छ । गायन तर्फ भने दिप श्रेष्ठले उत्कृष्ठ अवार्ड हात पारे ।

जम्मा २० विधामा प्रदान गरिएको कार्यक्रममा सवोत्कृष्ट एल्बमको अवार्ड ‘जुनी जुनी-२’ ले पाएको छ । त्यस्तै सर्वोत्कृष्ट पप गीत पुरुषतर्फको अवार्ड उदेस श्रेष्ठ र वर्षको सर्वोत्कृष्ट गायिकाको अवार्ड सरिता शाहीले पाइन् । उनले ‘जुग बित्यो’ गीतमार्फत यो अवार्ड पाएकी हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।