असोज २१ : एसीसी ट्रफी एलिट अन्तर्गत आजको खेलमा नेपालले साउदी अरेबियाविरुद्ध ९ विकेटले जित हासिल गरेको छ ।

१३२ रनको लक्ष्य पछ्याएको नेपालले १३.१ ओभरमै ९ विकेटले हराएको हो ।

आजको खेलमा नेपाललाई जिताउन लागि ज्ञानेन्द्र मल्लले सानदार बलिङ गरेका थिए । उनले २३ बलमा नै ६१ रनको योगदान दिए भने अनिल मण्डलले २५ बलमा २९ रन जोडेका थिए ।

यसैगरी, सुवास खकुरेलले पनि ३१ बलको मद्दतमा ३५ रनको योगदान दिएका थिए ।

युएईमा भईरहेको खेलमा यसअघि साउदी अरेबियाले ४८.२ ओभरमा १३१ रन बनाएको थियो ।

साउदीलाई १३१ रनमा समेट्नका लागि कप्तान पारस खड्का र बसन्त रेग्मीले समान ३-३ विकेट लिए त्यस्तै शक्ति गौचन र भुवन कार्कीले २-२ विकेट खसालेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।