असोज १९ – सवारी दुर्घटनामा परी प्युठानमा आज एक जनाको ज्यान गएको छ । दुर्घटनामा स्वयं ट्याक्टर चालकको ज्यान गएको हो ।

बिहान भिंगृ–२ मा भएको दुर्घटनामा परी घाइते भएका चालक नमबहादुर कुमालको उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमै निधन भएको हो ।

रा१त १०१२ नं को ट्याक्टर खेतमा पल्टिँदा विजयनगर–३ निवासी ३८ वर्षीय कुमाल घाइते भएका थिए ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पत्तालतर्फ लगिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।