असोज १९ – नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा बिहीबार एक अज्ञात व्यक्तिको शव फेला परेको छ ।

मन्दिर परिसरमा रहेको तलाउमा आज बिहान शव फेला परेको वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ ।

अन्दाजी ३५ वर्षीय मृतक पुरुषको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।