जनकपुर १३ भदौ
सदभावना पार्टीका संस्थापक महामन्त्री अनिस अन्सारी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
जनकपुरमा भएको एक कार्यक्रमबिच सद्भावना पार्टीका महामन्त्री अन्सारी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्दै अन्सारीले देशको हित चाहने, जनताको मुक्ति चाहने र मधेशको हितमा लड्ने एक मात्र पार्टी माओवादी केन्द्र भएको बताए ।
अन्सारीले भने, ‘माओवादी नभएको देशमा गणतन्त्र नै आउने थिएन, सबैले अधिकारको कुरा गर्ने आँट गर्दैनथे। माओवादी नभएको भए देशको एकता पनि कठिन थियो।’
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि हजारौ नेता, कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्ने बताइएको छ ।
Comments