काठमाडौं १३ भदौ

नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आफू एमालेमा प्रवेश गर्ने भन्ने हल्ला कपोकल्पित रहेको बताएका छन् ।
केही मिडियामा श्रेष्ठ एमालेमा प्रवेश गर्दै भन्ने समाचार बाहिर आएपछि आक्रोश पोख्दै उनले एमालेमा प्रवेश गर्ने भन्ने समचार गलत र कपोलकल्पित भएको बताएका छन् ।
‘‘म एमालेमा प्रवेश गर्दैछु भनी एउटा अनलाइन मिडियामा प्रशारित समाचार शत्प्रतिशत गलत र कपोलकल्पित भएकोले कुनै भ्रममा नपर्न अनुरोध गर्दछु ।’ उनले मंगलबार सामाजिक सञ्जाल ट्विटर र फेसबुकमार्फत भनेका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।