काठमाडौँ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । शुक्रबार थप २५ कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको हो । नेपालमा अहिले पनि कोरोनाबाट दिनहुँ ३०/४० जनाको मृत्यु भइरहेको छ । दिनहुँ ३०/४० जनाको मृत्यु हुँदा पनि सरकारले भने यो संख्यालाई सामान्य माने जस्तो देखिएको छ ।

यता, नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख १० हजार ५०९ पुगेको छ । त्यसैगरी निको हुनेको संख्या ६ लाख ६५ हजार ५४८ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ रहेको छ । हालसम्म ७ लाख १० हजार ५०९ मा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

चीनको वुहानबाट सुरु भएको कोभिड–१९ को संक्रमण नेपालमा पहिलोपटक २०७६ माघ १० ९जनवरी २४० मा पुष्टि भएको थियो । कोरोनाले पहिलोपटक २०७७ जेठ ३ मा सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । कोरोनाबाट एकै दिन सबैभन्दा धेरै जेठ ५ गते २ सय ४६ जनाको मृत्यु भएको थियो । *शिर्षकमा भुलवस अन्यथा भएकोमा सच्याइएको

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।