विमान दुर्घटनास्थल नजिकै फेला परेको चिल ।

असोज १२ – दुर्घटनास्थल नजिकै एउटा मृत अवस्थामा चिल फेला परेपछि नेपाल नागरिक उड्ययन प्राधिकरणले आज बिहान १९ जनाको ज्यान गरी भएको सीता एयरको दुर्घटना चरासँग ठोकिएर भएको जनाएको छ ।

दुर्घटना लगत्तै दुर्घटनास्थलमा चिल मृत अवस्थामा फेला परेपछि प्राधिकरणले दुर्घटनाको कारण चिलसँग ठोकिएर हुनसक्ने अनुमान गरेको हो ।

तर, उक्त दुर्घटना चिलमा नै ठोकिएर भएको हो या अन्य कारणले नै भन्नेबारे भने पुष्टि भएको छैन ।

उक्त विमानका चालक विजय तन्डुकारले जहाज दुर्घटनामा पर्नु अघि कन्ट्रोला टावरसँग जहाज चिलसँग ठोक्किएको जानकारी गराएको बताइएको छ ।

यसै आधारलाई लिएर पनि विमान चिलसँग ठोकिएर दुर्घटनामा परेको अुनमान गरिएको छ । तर यसको पुष्टि भने अनुसन्धानपछि मात्रै हुनेछ ।

यसैबीच, त्रिभुवन विमास्थल प्रमुखले पनि आजै एक प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटना चरासँग ठोकिएर भएको उल्लेख गरेका छन् ।
यो पनि पढ्नुहोस
आँखै अगाडी विमान खस्यो र खरानी भो (फोटो फिचर)

– सीता एयरको विमान उडेको २ मिनेटमै दुर्घटना, १९ जनाको मृत्यु

– यसरी गुमाए विमान दुर्घटनामा १९ जनाले ज्यान (भिडियो पनि) 


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।