असोज १० – अत्यधिक मादक पदार्थ सेवन गरेका कारण एक व्यक्तिको मृत्यु भएको छ ।
झापा बनियानी–९ बस्ने ६० बर्षीय भङ्गबहादुर राईको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राई धान खेतमा मृतावस्थामा फेला परेका हुन् ।
राई बनियानी–३ बस्ने आफ्नो सालाको घरमा अत्यधिक मदिरा सेवन गरेर गए राति २ बजे आफ्नो घर जान हिँडेको बताइएको छ । उनको मानसिक सन्तुलन ठीक नरहेको पनि बताइएको छ ।