असोज ७ – नेपालको राष्ट्रिय जनवार तथा लक्ष्मीको प्रतिक मानिएको गाई काट्ने चार जना युवालाई नियन्त्रणमा लिएको छ ।
पाल्पा जिल्लाको कञ्चल गाविस–८ मा गाई काट्ने चार युवालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्लाको कञ्चल गाविस–८ बस्ने सुन्दर ढेगा, जितबहादुर सुस्लिङ, हुमन पुलामी र १४ वर्षीय बालक रहका छन् ।
उनीहरुका विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।