असोज ७ – गोरखाको उत्तरी क्षेत्रमा पर्ने मनास्लु हिमालमा गएको हिमपहिरोमा परी ७ जनाको ज्यान गएको छ ।

आज बिहान गएको हिम पहिरोमा हिमाल आरोहण गर्न गएको १३ मध्ये ७ जनाको शव फेला परेको हो । त्यहाँ हराईरहेका पाँच जनाको अवस्था भने अझैसम्म थाहा हुन सकेको छैन ।

सामागाउँ गाविस(४ स्थित मनास्लु हिमालको बेश क्याम्पमा आइतबार बिहान पाँच बजेतिर गएको हिम पहिरोमा १२ पर्यटक बेपत्ता थिए । १३ पर्यटक घाइते भएका छन् । घाइतेमध्ये एक नेपाली नागरिकलाई काठमाडौं लगिएको छ ।

सदरमुकामबाट ५३ कोष टाढा रहेको उक्त स्थानमा हिमपहिरो गएको हो । त्यहाँ बेपत्ताको खोजीका लागि सिम्रिक एयरको दुई वटा हेलिकप्टर खटिएको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।