रोजिन शाक्य – ती दिन बिते जब महिलाले बिना कुनै अपेक्षा आफ्ना पति वा प्रेमीको माग पूरा गर्थे । अब उनीहरू पनि यौन सन्तुष्टिको चाहना राख्छन् र यसमा कुनै कमी भए गुनासो पनि गर्छन्। त्यसैले पुरुषले महिलाको सन्तुष्टिको पनि ख्याल राख्नु आवश्यक छ ।
किस एन्ड हगः यसको अर्थ हुन्छ महिलाका लागि सेक्युयल इन्टिमेसीभन्दा बढी अरू पनि केही हुन्छ । स्पर्शका यी स-साना क्षणले उनीहरू लाई भावनात्मक रूपले स्थिर बनाउँछ र आफूलाई कसैले प्रेम गर्छ भन्ने कुराको अनुभूति दिलाउँछ ।
चकलेट, गिफ्ट तथा रजनीगन्धाको फूलः प्रेममा उपहार दिँदा भ्रष्टाचारको आरोप लाग्दैन। यो घुस आफ्नै खातामा जम्मा हुन्छ र भविष्यमा ब्याजसहित फिर्ता प्राप्त हुन्छ। बेडरुमको सबैभन्दा इन्टिमेट दृश्य त्यो हो जब आफ्नी संगिनीको कानमा भनिन्छ, ‘डियर तिमीले मलाई दुनिया भरिको खुसी दिएकी छौं।’ ‘म तिमीलाई जुनसुकै बेला खुसी देख्न चाहन्छु।’ आफ्नो साथीको मन र शरीरलाई चिन्नुपर्छ। उनको शरीरका संवे दनशील अंगहरूलाई छोएर हेर्नुपर्छ। कहिलेकाहीँ मसाज पनि गरिदिनुपर्छ। यस प्रकार उनलाई आफ्नो रंगमा रंगाउन सकिन्छ ।
बेडरुममा कार्यक्षेत्रको कुरा गर्नुहुँदैन। रातको १० बजेको छ, मुड बनाउने क्रममा कसैको फोन आए के गर्ने ? फोनमा कुरा गर्नेकी श्रीमतीलाई समय दिने ? निर्णय आफ्नै हो- आवश्यकता र महत्वपूर्ण के हो ?
बेडरुम नै किन ? लिविङ रुमको सोफामा, बालकोनीको इजी चेयरमा, जुनेली रातमा छतमाथि वा बाथरुमको शावरमुनि बाथटबमा, रोमान्स जहाँ पनि हुनसक्छ, त्यो बेला स्थान होइन मुड महत्त्वपूर्ण हुन्छ।
दैनिक रूपमा एउटै तरिकाले बोर भइएको छ भने नयाँ प्रयोग गर्नुपर्छ। वात्स्यायनले कामसूत्र त्यसैका लागि लेखेका हुन्। सम्बन्धमा एकसरता नआओस् भन्ने हेतुले उक्त कृति लेखिएको हो। विशेषज्ञहरूका अनुसार सेक्समा कुनै गन्तव्य हुँदैन, यो निरन्तर चल्ने यात्रा हो जसमा व्यक्तिले हरेकपटक नयाँ फरक स्वाद खोज्छ।
विशेषज्ञहरूका अनुसार यदि महिलाको शरीरको प्रतिक्रिया बुझ्ने हो भने प्रेमको खेलमा निश्चित रुपमा आफ्नै जित हुन्छ। महिलाको शरीरका कैयन् भाग अत्यन्त संवेदनशील हुन्छन्। गर्दन, कान, पैतला तथा कम्मरका केही भाग आदि। प्रेमको यो यात्रामा थाहा भएको, सुनेको हिस्साको साटो थाहा नभएको बाटो वा मार्ग खोज्नु राम्रो हुन्छ। त्यसपश्चात् साथीको प्रतिक्रिया बुझ्नु पर्छ।
प्रेमको यात्रामा बिस्तारै र मन्द गतिमा सफलता प्राप्त हुन्छ। फास्ट रिजल्ट चाहने हो भने विस्तारै अघि बढ्नुपर्छ। महिलाको मुड बिस्तारै तयार हुन्छ, अतः फोरप्लेमा पर्याप्त समय व्यतित गर्नुपर्छ। केही समय आराम गर्नुपर्छ र जब साथी पूरा साथ दिन तयार हुन्छिन् तब मात्र खेलको सुरुवात गर्नुपर्छ, होइन भने खेल हारिन्छ।
बेडरुममा पनि टाइम म्यानेजमेन्टको महत्त्व हुन्छ। यदि आफ्नी श्रीमतीको मुड चाँडै बनोस् भन्ने चाहने हो भने उनको समय बचाउनुपर्छ। कुनै क्विक डिस स्वयंले बनाएर उनलाई आफ्नै हातले ख्वाउनु राम्रो हुन्छ। उनको घरेलु काममा सहयोग गर्नुपर्छ। उनको जिम्मेवारी बाँड्नुपछर् । दैनिक जीवनमा यी स-साना सेयरिङले रोमान्सलाई बढाउने काम गर्छन्।
अचानक पछाडिबाट गएर आफ्नो साथीलाई अँगालोमा बाँध्नुपर्छ र उनको गर्दन नजिक किस गरेर कानमा कुनै रोमान्टिक गीत गुनगुनाउन सकिन्छ। त्यसो गर्दा उनको मुहारमा रोमान्टिक चमक देखा पर्छ।
साथीको आत्मविश्वास बढाउनुपर्छ। उनलाई प्रोत्साहन दिनुपर्छ। उनको केशसँग खेल्नुपर्छ। उनको आवाजमा गीत सुन्ने चाहना व्यक्त गर्नुपर्छ। अन्तरंग पलहरूमा उनलाई आफ्ना लागि उनको महत्त्व दर्शाउनुपर्छ। यसबाट उनको आत्मविश्वास बढ्छ। आत्मविश्वासले पूर्ण महिलाले प्रेम -रोमान्समा पनि शतप्रतिशत परिणाम दिन सक्छन् । लब मेकिङका बेला गम्भीर तथा आलोचनात्मक कुरा गर्नुहुँदैन। ‘तिम्रो तौल बढ्दै छ, किन एक्सरसाइज गर्दिनौँ…. तिम्रो फ्रेन्ड, यो उमेरमा पनि स्मार्ट छिन्… ‘ जस्ता कुराले मुडलाई बिगार्न सक्छ।
प्रेमको सुगन्ध महसुस गर्नुछ भने वातावरणलाई सुगन्धित बनाउनुपर्छ। साथीलाई रिझाउन उनको रोजाइ अनुरूपको कोलोन बेडसिटमा स्प्रे गरी कोठालाई सुगन्धित बनाउनुपर्छ। टेलिभिजनलाई बेडरुममा प्रवेश दिनुहुँदैन । व्यस्त जीवन रोमान्सका लागि जुन क्षण बचेको हुन्छ त्यसलाई टेलिभिजन अगाडि बिताउनु ठीक होइन। टेलिभिजन हेर्नुको साटो रोमान्टिक गीत-संगीत सुन्नु उचित हुन्छ।
साथीको मन बुझ्ने प्रयास गर्नुपर्छ। फोरप्लेका बेला उनलाई राम्रोसँग चिन्नुपर्छ । उनको मुहार पढ्नुपर्छ, भाव जान्नुपर्छ र शरीरका क्रिया- प्रतिक्रियाहरूमा नजर राख्नुपर्छ। उनलाई जति बुझिन्छ, यौन क्रिया त्यति नै आनन्ददायक बन्न पुग्छ।
एउटा सुमधुर यौन सम्बन्धपश्चात् उनलाई धन्यवाद दिन बिर्सनुहुँदैन। उनलाई सेक्सी महसुस गराउनुपर्छ र कतिबेला उनी कति सुन्दर दे खिएकी थिइन् भन्ने बताउनुपर्छ। उनको फैलिएको केश, लाज र सन्तुष्टिले भरिएको मुहारलाई प्रेमपूर्वक छुनुपर्छ। तुरुन्त कोल्टे फर्केर सुत्नु हुँदैन। सेक्सुयल स्कील्स सिक्नुपर्छ र त्यसलाई अपनाउनुपर्छ, तर साथीको मुड र प्रतिक्रियामा पनि ध्यान पुर्याउनुपर्छ। उनलाई मन नपर्ने प्रक्रिया दोहोर्याउने गल्ती गर्नुहुँदैन।
श्रीमती बेस्ट फ्रेन्ड पनि हुन्। उनीसित दैनिक रुपमा फ्लर्ट गर्नु आफ्नो हक हो । डिनर टेबलमा सबैको नजर बचाउँदै उनको खुट्टामाथि आफ्नो खुट्टा राख्नु, लन्चका लागि अचानक बाहिर लानु, सरप्राइज डिनर अफर गर्नु, चियाको कप उठाउँदा हल्का तरिकाले उनको औंला छुनु, उनीतर्फ फ्लाइङ किस गर्नु, सबैको नजरबाट बचेर उनलाई आँखा झिक्याउनु, चलचित्र हेर्दा उनको हात समात्नु, सडकमा सँगै उनको काँधमाथि आफ्नो हात राख्नु, अचानक पछाडिबाट उनलाई अँगालोमा बाँध्नु, उनको हात समाते सडक पार गर्नु आदि। महिलाहरू यस्तै पल जिउने चाहना राख्छन् । फ्लर्टिङका यी अवसर कदापी छोड्नुहुँदैन। एकअर्कालाई चिढाउने, ख्यालठट्टा गर्ने, हेल्दी जोक्स मेल तथा, म्यासेज पठाउने आदि कामले आपसी सम्बन्धलाई रिचार्ज गर्छन्। यसबाट नयाँपन कायम रहन्छ, उत्साह बढिरहन्छ र रोमाञ्चता बनिरहन्छ । – साप्ताहिकबाट