असोज ५ – मकैको गेडा घाँटीमा अड्किँदा जाजरकोटका एक बालकको ज्यान गएको छ । जाजरकोट खलङ्गा–४ बोहोराका पाँच वर्षीय बालक जीवन सुनारको आज बिहान ज्यान गएको हो ।
रुकुमको विजयश्वरी–६ मा रहेको मावली घरमा आमासँगै तीज मात्र गएका बालकले आज बिहान मकै खाएका थिए ।
मकै खाने क्रममा घाँटीमा मकैको गेडा अड्किएको र उपचारका लागि चौरजहारीस्थित मिसन अस्पताल पु¥याएलगत्तै उनको ज्यान गएको स्थानीय हेमन्त खत्रीले जानकारी दिए । रासस
Comments