असोज ४ – ऋषिपञ्चमीको अवसरमा परिवारसहित नुहाउन गएकी दोलखाको भीमेश्वर नगरपालिका–६ की एक किशोरी तामाकोसी नदीमा बेपत्ता भएकी छिन् ।

भीमेश्वर नगरपालिका–६ धरमघर निवासी नवराज कार्कीको १६ वर्षीया छोरी तारादेवी कार्की बेपत्ता भएकी हुन् ।

आज बिहान करिब १० बजे तामाकोसी नदी र चर्णावती खोलाको दोभानमा नुहाउने क्रममा उनलाई नदीले बगाएको प्रहरीले उल्लेख गरेको छ ।

बेपत्ता तारादेवीको प्रहरी, आफन्त र स्थानीयवासीको सक्रियतामा खोजी कार्य जारी रहे पनि अपराह्नसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषिपञ्चमी पर्वमा व्रतालु हिन्दु महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाइ ३६५ वटा दतिवनले दाँत माझेर चोखो माटो, तिल र गोबर लगाई स्नान गर्ने प्रचलन छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।