अशोज ४, युरोपेली पत्रिकामा बेलायती युवराज्ञीको तस्बिर छाप्नेलाई अदालतले कारबाहीको फैसला गरेपनि नाङ्गो तस्बिर छाप्न युरोपेली पत्रिकालाई भने भ्याइनभ्याइ हुन थालेको छ ।  फ्रान्सको अदालतले बेलायती शाही दम्पतीको तस्बिर प्रकाशनका विरुद्ध सजायको फैसला सुनाए पनि छाप्ने क्रम जारी रहेको छ ।


फ्रान्सको एक पत्रिकाले बेलायती युवराज्ञी केट र युवराज विलियमको नाङ्गो तस्बिर प्रकाशन गरेपछि त्यहाँको एक अदालतले प्रकाशनको विरोधमा सजाय सुनाए पनि अन्य विभिन्न देशका पत्रिकाहरुले तस्बिर छाप्ने क्रमलाई निरन्तरता दिएका हुन । अदालतले फैसला सुनाए पनि स्विडिस सेलिब्रिटी गसिप म्यागेजिनले उक्त तस्बिर छापेको हो ।


त्यस्तै बेलायती शाही दम्पत्तीको तस्बिर छाप्न डेनिस पत्रिका समेत तयार भएको बताइएको छ । फ्रान्सको अदालतको फैसलाले प्रकाशन पूर्व मिडियाको हक खोसेको आरोप लगाउँदै विभिनन पत्रिकाहरुले शाही दम्पत्तिका तस्बिर छाप्ने होड चलाएका छन् । फ्रान्सको उत्तरी भागमा रहेको एक स्विमिङ पुलमा सन वाथ गरिरहेको अवस्थामा बेलायटी दम्पत्तिको तस्बिर पापराजी नामक फोटोग्राफरले खिचेका थिए ।

फ्रान्सको एक पत्रिकाले शाही दम्पत्तिका ११ वटा तस्बिर छापेको थियो । फ्रान्सेली पत्रिकामा छापिएका तस्बिरमा युवराज्ञी केटको शरीरको माथिल्लो भाग सम्पूर्ण नाङ्गै रहेको देख्न सकिन्छ । उक्त पत्रिकाका सम्पादकले सेलिब्रेटीका यस्तो फोटो छाप्नु सामान्य भएको बताएकी छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।