असोज ४ – रोजगारीको सिलसिलामा कोरिया पुगेका एक नेपालीले फेरि झुन्डिएर आत्महत्या गरेका छन् ।

ईपिएस मार्फत ६ महिना अघि कोरिया पुगेका तनहुँका २१ बर्षिया राजकुमार गुरुङले त्यहाँ झुन्डिएर आत्महत्या गरेका हुन् ।

हिजो राती १०:३० बजे राइसकुकरको तार प्रोयोग गरी झुन्डिएर आत्महत्या गरेको पत्रकार अशोक मैनालीले उल्लेख गरेका छन् ।

उनको लासलाई पोष्टमार्टमको लागी प्रहरीको सहयोगमा अस्पतालमा लगिएको बताईएको छ भने उक्त कम्पनीको मालिक र उनी संगै सुतेका अन्य ३ जना नेपालीहरूलाई सोधपुछका लागी प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।