रुस सरकारले गरेको चेतावनीपूर्ण निर्देशनपछि अमेरीकी सहयोग नियोग युएस एड अक्टोबर १ तारिखबाट रुसबाट हट्ने भएको छ ।

दुई दशकदेखि रुसमा चल्दै आएको उक्त नियोग रुसी सरकारको आग्रहपछि अमेरीकाले आफ्नो मिशन युएस एडको कार्यालय रुसमा बन्द गर्न लागेको हो ।

उक्त कार्यालय बन्द हुने भएसँगै अब दुई दशकदेखि रुसका विभिन्न शहरमा संचालित दर्जनौं अमेरीकी परियोजना रोकिने भएका छन् ।

रुस सरकारले यही अक्टोबर १ तारिखसम्म युएस एडअन्तर्गत आफ्नो देशमा संचालित सबै कार्यक्रम बन्द गर्न आदेश दिएपछि अमेरिकाले बन्द गर्न लागेको हो ।

रुसले अमेरीकालगायतका केही मुलुकले विकाश र मानवीय कार्यक्रमको नाममा आफ्नो देशमा सरकार विराधी प्रदर्शन उक्साएको भन्दै आपत्ति जनाउँदै आएको थियो ।

पछिल्लो समय राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध प्रदर्शन बढ्नुमा अमेरीकी सहयोग नियोगहरुको हात रहेको रुसको ठम्याई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।