असोज ३ – विवादित टापुको विषयलाई लिएर दुई शक्तिसम्पन्न राष्ट्र चीन र जापानबीचको सम्बन्ध झन् झन् चिसिएर गएको छ ।

चीनमा जापानद्वारा खोलिएका ठू–ठूला कम्पनीहरु धमाधम बन्द हुने क्रम बढेको छ । चीनमा प्रदर्शनकारीहरुले प्रदर्शन जारी राखेका छन् ।

यस्तै घटनाक्रमका बीचमा आज चीन सरकारले भने उक्त टापुमाथि जापानी हस्तक्षेप रहने हो भने दुई देशबीचको आर्थिक सम्वन्ध ध्वस्त हुने चेतावनी दिएको छ ।

चिनिया वाणिज्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर डियायु टापु किन्ने कुराले चीनको भौगोलिक अखण्डतामाथि नै प्रहार गरेको भन्दै उक्त विषयले चिनियाको चित्त दुखाउनु स्वाभाविक भएको बताएको छ ।

पत्रकार सम्मेलनमा वाणिज्य मन्त्रालयका प्रवक्ता सीन डेनयोङले दुई देशको व्यावसायिक सम्वन्ध विग्रियो भने त्यसको जिम्मेवार जापान हुनुपर्ने चेतावनी समेत दिए । तर पूरै जिम्मेवारी जापानले नै लिनुपनर्छ भन्नेमा भने आफूहरु नरहेको उनको भनाई छ ।

जापान युरोपेली युनियन र अमेरिकापछि चीनको तेस्रो व्यावसायिक साझेदार हो। दुई देशबीच ३ सय ४० अर्ब अमेरिकी डलरभन्दा बढीको वार्षिक कारोबार हुँदै आएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।