असोज ३ – राजनीतिक संक्रमणबाट देशलाई मुक्त गर्न विभिन्न कसरतहरु भईरहेको अवस्थामा सत्तारुढ एकीकृत नेकपा माओवादी र मधेसी मोर्चाले भने १० वा १४ प्रदेशको संघीय स्वरुपलाई सहमतिका लागि चार दलको बैठकमा लैजाने तर सहमति नभए निर्वाचनमा जाने सहमति गरेका छन् ।


प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यस्तो सहमति गरेका हुन् ।

उनीहरुले राष्ट्रपतिबाट बाधा अडकाउ फुकाएर निर्वाचनमा जानुपर्ने समेत आफ्नो धारणा बनाएका छन् ।

बैठकपछि नेताहरुले १० वा १४ प्रदेश बाहेकमा सहमति हुन नसक्ने भन्दै सहमति नभए निर्वाचन जानुपर्ने बताए ।

बैठकपछि सञ्चारकर्मीहरु रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले अन्य दलपनि १० वा १४ प्रदेशमा सहमत भए संविधानसभा पुनःस्थापना गर्ने नभए बाधा अडकाउ फुकाएर निर्वाचनमा जाने प्रस्ताव चार दलको बैठकमा पेस गरिने बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।