भर्खरैको कुरा हो गायिका लेडी गागाले एउटा गीत भने नग्न भएर स्वर भरेकी छन् । उक्त गीतमा त्यसरी स्वर भरेपछि भने उनै लेडीले स्वरमा मिठास ल्याउन त्यसो गरेको समेत बताइन् ।

उक्त गीत नग्न भएर गाउने योजना भने उनी आफैँको भएको त्यहाँका सिने सञ्चारमाध्यमहरुले लेखेका छन् ।

नग्न भएर गीत रेकर्ड भरे उनले स्वर थप राम्रो पारेको प्रतिक्रिया दिइन् । गागाले नयाँ एल्बम ‘आर्ट पप’ का लागि स्वर भर्ने क्रममा नग्न भएर स्वर दिएकी हुन् ।

उनै गागाले गत वर्ष भने २५ मिलियन डलर कमाइ गरेर विलबोर्डको तालिकामा सर्वाधिक कमाइ गर्नेको चौथो स्थान ओगट्न सफल भएकी थिइन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।