असोज २ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल चढेको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ ।

उनी चढेको हेलिकप्टर मौसम खराबका कारण रामेछापको मन्थलीमा आकस्मिक अवतरण गरिएको हो ।

भोजपुरमा पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गरेर राजधानी फर्कने क्रममा उनी चढेको हेलिकप्टर आकस्मिक अवतरण गर्नु परेको हो ।

मौसम खराबीले हेलिकप्टर आकस्मिक अवतरण गरिएपनि कुनै क्षति भने भएको छैन । प्रचण्ड अहिले मन्थलीमा नै रोकिएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।