हिन्दु महिलाहरु महान पर्व हरितालिका तीज अन्तर्गत आज दर खाने दिनको तयारीमा महिला दिदीबहिनीहरु जुटेका छन् ।
नेपाली हिन्दु महिलाहरु आज दरका लागि तयारीमा जुटिरहेका छन् । कोही कोही उनीहरु माइत जाने तरखरमा छन् भने धेरै जसो त पहिले नै गईसकेका छन् ।
आज उनीहरु सबै एकै ठाउमा भेला भएर सुख दुःखका गफमा गफ थप्दै दर खाने गर्दछन् ।
विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितहरुले सुयोग्य पतिको माग गर्दै भोली निराहार वर्त बस्ने भएकाले आज घरघरमा मिठो परिकार सहित दरखाने चलन रहेको छ । – फोटो: गुगल सर्च