घनश्याम पराजुली (कृष्ण), दोहा – स्याङ्जा जिल्ला पकौदी घर भई कतारमा कार्यरत मृतक लोकनाथ खनालका परिवारलाई स्याङ्जा सहयोग समाज कतारले रु. ६५ हजार ५ सय ६५ सहयोग गरेको छ ।
स्टारलिङ होटलमा ६ वर्ष देखि कार्यरत खनालको गत १८ मे २०१२ का दिन मानसिक असंन्तुलनका कारण निधन भएको थियो । खनालको पारिवारिक स्थिति अत्यन्तै नाजुक रहेको हुनाले संस्थामा आएको अपिल अनुरुप सदस्य बद्रि पाठकको संयोजकमा कतारमा कार्यरत सहयोगिहरुबाट रकम संकलन गरिएको थियो र उक्त रकम मृतकका परिवारलाई संस्थाले हस्तान्तरण गरेको हो । मृतकका परिवार प्रति सहानुभुति प्रकट गर्दे समाजका अध्यक्ष टुकराज अर्यालले सहारा विहिन तीन छोरीहरुको उज्वल भविश्यको कामना सहित सहयोग गर्नुहुने सम्पुर्णमा आभार प्रकट गरेका थिए ।
वैदेशिक रोजगारको शिलसीलामा प्राण भन्दा प्यारो मातृभूमी र आफ्नो घर परिवारलाई छोडि दुई चार पैसा कमाएर व्यवस्थित जीवन जिउने आशामा कतारमा कार्यरत ६ जना स्याङ्जावासीले विगत ४ महिनाको अन्तरालमा ज्यान गुमाईसकेका छन् भने कैयौ र्दुघटनामा परि घाईते छन् । कतारमा यसरी आकस्मिक निधन, घाईते देखि विभिन्न समस्यामा परी आउने स्याङ्गजावासीहरुका लागि स्या.स.स. कतारले विगत ७ बर्ष देखि उल्लेखनिय भुमिका निभाउँदै आएको छ, साथै सस्थाले आफ्ना कार्यविधि निरन्तर अघाडि बढाउनका लागि कतारमा कार्यरत सम्पुर्ण सहयोगिहरुबाट सहयोग, सल्लाह र सुझावको अपेक्षा गरेको छ ।