भदौ २७ – पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरुद्ध विभिन्न विद्यार्थी सङ्गठनद्वारा आज आह्वान गरिएको नेपाल बन्द १० बजेबाट नै फिर्ता लिएका छन् ।

सुरुमा नेपाल बन्दको घोषणा गरेका उनीहरुले हिजो भने १२ बजेसम्म मात्रै बन्द गर्ने निर्णय गरेका थिए ।

तर, गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको निधनप्रति श्रद्धाञ्जलि जनाउँदै १० बजे नै बन्दको कार्यक्रम फिर्ता लिइएको उनीहरुले बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।