भदौ २६ – कालिकोटदेखि जुम्ला जाँदै गरेको एक यात्रुबाहक बस दुर्घटना हुँदा २८ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

उक्त दुर्घटनामा परी अन्य ११ जना गम्भीर घाइते भएका छन् । घाइतेहरु भने बसबाट हाम्फालेर बाच्न सफल भएको बताइएको छ ।

गएराति करिब ११ बजेतिर ना ४ ख ६४७७ नम्बरको बस कालिकोटको सदरमुकाम मान्मदेखि ४ घण्टा टाढा पाखा गाविस–१ मा दुर्घटना भएको हो ।

बस सडकबाट ६ सय मिटर तल झरेको बताइएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ । अहिले त्यहाँ उद्दार कार्य भइरहेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।