नेपाली कथानक चलचित्र सो सिम्पलको नाई म माया लाउँदिन बोलको गीतको भिडियो शुक्रबार पहिलो पटक सार्वजनिक भएको छ ।
यही आगामी कार्तिक ३ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने बताइएको शिव रेग्मीबाट निर्देशित उक्त चलचित्रको भिडियो गीत सार्वजनिक भएको हो ।

केशव भट्टराईले निर्माण गरेको चलचित्र सो सिम्पलमा निर्देशक रेग्मीकै छोरी भावना र सोही फिल्मको स्क्रिप्ट राईटर प्रदिप भारद्ववाजका भाई प्रमोदको अलावा राज बल्लभ कोइराला, श्वेता भट्टराई, सुशिल पोखरेल, बिनोद भट्टराई, लक्ष्मी भट्ट, निर्मल शर्मा आदिको मुख्य भूमिका रहेको छ ।

कोटकी कालिका देवी फिल्मको ब्यानरमा निता भट्टराई तथा मुकुन्द फुँयाल समेत निर्माता रहेको सो सिम्पल चलचित्रलाई दिपक बज्रचार्यले छायांकन गरेका भने कविराजको नृत्य र हिमाल केसीको द्वन्द्व रहेको छ ।

उक्त चलचित्रको गीत सार्वजनिक हुनुभन्दा अगाडी नै सो फिल्मको प्रोमो र पोष्टर भने सार्वजनिक भईसकेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।