काठमाडौं ९ भदौ
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली अहिले भारत भ्रमणमा रहेको छ । प्रधानमन्त्री देउवाले समकक्षी नरेन्द्र मोदीसँग हिजो भेट गरेका छन् । आज उनले त्यहाँका राजनीतिक दलहरुसँग भेटघाट गरिरहेका छन् ।
भारतले सँधै कुनै न कुनै सन्धी सम्झौतामा फसाउने गरेकाले जहिल्यै शंकाले भारतलाई हेर्ने गरिन्छ । यो पटक भने प्रधानमन्त्री देउवा आफैंले महागल्ती गरेका छन् ।
समकक्षी मोदीसँगको भेटपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले निकट भविष्यमा सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । ‘संविधान संशोधनका केही मुद्दा अझै थाती छन्, राष्ट्रिय जनता पार्टी तथा दक्षिणी भागका जनताको मागलाई सम्बोधन गर्दै संविधानलाई सर्वस्वीकार्य बनाउन पुनः संशोधन प्रयास गर्नेछु’, देउवाले भने, ‘निकट भविष्यमा दुईतिहाइ बहुमत जुटाएर सबैलाई स्वीकार्य हुने संविधान बनाउँछौं ।’
देउवाको उक्त अभिव्यक्तिलाई लिएर अहिले चर्को विरोध समेत भईरहेको छ । धेरैले उनले हाम्रो आन्तरिक मामिलाको विषयमा भारतसँग बोलेर गम्भीर गल्ती गरेको टिप्पणी गरेका छन् ।
सत्तारुढ नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सार्वजनिक रुपमा नै देउवाको अभिव्यक्तिको विरोध गरेका छन् । उनले होसमा नै बोलेको त हो भन्ने आशयसहित तपाईले के बोल्नुभयो प्रधानमन्त्री ज्यू बोल्न हुने कुरा बोल्नु भयो भनेर सामाजिक सञ्जाल ट्विटरमा आफ्नो विचार पोखेका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।