भदौ २२ – नुवाकोटमा आज सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

गणेशस्थानको नयाँपुलबाट त्रिशूलीतर्फ आउँदै गरेको यात्रुवाहक बसले थिच्दा एक युवकको घटनास्थलमै ज्यान गएको छ ।
बिहान ९ बजेतिर बा १ ख ६१५२ नम्बरको बसले गणेशस्थान गाविस वडा नं ४ मा १९ वर्षीय रामप्रसाद रिजाललाई थिचेको थियो ।

गुडिरहेको बसमा चढ्न खोज्दा अल्झिएर लडेका रिजाललाई सोही बसको पछाडिको चक्काले थिचेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।