भदौ २२ – मोरङको कारागारभित्रै एक जना कैदीको मृत्यु भएको छ । हालखोलास्थित मोरङ कारागारमा एक कैदीको मृत्यु भएको हो ।
मोरङको लेटाङ—८ बस्ने ६५ वर्षीय वीरबहादुर विकको मुटुको रोगका कारण कोसी अञ्चल अस्पतालमा उपचारको क्रममा गए राति मृत्यु भएको बताइएको छ ।
विसं २०६३ फागुन ३० गतेदेखि जबर्जस्ती करणी मुद्दा सजाय भोगिरहेका विक दम र मुटु रोगबाट ग्रसित रहेको जिल्ला कारागाार मोरङले जनाएको छ ।
एक महिनामा तीन कैदीको विभिन्न रोगका कारण सो कारागारमा मृत्यु भएको बुझिएको छ ।
हाल उक्त कारागारमा क्षमताभन्दा बढी कैदी रहेका कारण विभिन्न किसिमको रोग बढेको गुनासो पाइन्छ ।
Comments