भर्दा २२ – शान्ति प्रक्रियामा आईसकेको अवस्थामा पनि हिंसा र आतंक त्याग्नुपर्ने भन्दै आतंककारीको सुचिबाट हटाउन आनकानी गर्दै आएको अमेरिकाले अन्ततः नेपाली माओवादीलाई आतंककारीको सुचिबाट हटाएको छ ।
जनयुद्धको बेला काठमाडौंस्थित अमेरिकी सेन्टरमा आक्रमण भएपछि माओवादी आतंककारी सूचिमा थियो ।
तर माओवादी शान्ति प्रक्रियामा आएपछि सत्तामा रहेका बेला या त बाहिरै भएको बेला पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आतंककारी सूचिबाट हटाउन पटक पटक आग्रह गरेका थिए ।
त्यस्तै पार्टी उपाध्यक्ष तथा अहिलेका प्रधानमन्त्री डा. बाबुराम भट्टराइले पनि कुटनीतिक पहल जारी राखेका थिए ।
यसरी अन्ततः अमेरिकाले एकीकृत माओवादीलाई ८ वर्षपछि आतंककारी सूचिबाट बिहीबार हटाएको हो ।
यूएस डिपार्टमेन्ट अफ दी ट्रेडरीले आइतबार एमाओवादीलाई आतंककारी सूचिबाट हटाएको औपचारिक जानकारी गराएको थियो ।