भदौ २१ – पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा विभिन्न विद्यार्थी सङ्गठनले बिहीबार बिहान देशभर एक घन्टा चक्का जाम गरेका छन् ।
अनेरास्ववियु र नेविसङ्घ, अखिल क्रान्तिकारी लगायत विद्यार्थी सङ्गठनले बिहान ९ बजेदेखि १० बजेसम्म जुलुस र नाराबाजीसहित सडक अवरुद्ध पारेका थिए ।
विद्यार्थी सङ्गठनले काठमाडौँ उपत्यकाका प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी, विश्वभाषा, त्रिचन्द्र, अस्कल, सरस्वती बहुमुखी क्याम्पस, चाबहिलस्थित पशुपति, मीनभवनस्थित नेपाल कमर्स तथा पुल्चोक इन्जिनियरिङ क्याम्पस अगाडि विरोध प्रदर्शन गरे ।
त्यस्तै बल्खु, कालीमाटीलगायतका क्षेत्रमा पनि विद्यार्थीले विरोध प्रदर्शन गरे ।
विरोध कार्यक्रम शान्तिपूर्णरुपमा सम्पन्न भएको भएको भन्दै मूल्यवृद्धिको विरोधमा शुक्रबार देशभरका सरकारी सवारीसाधन चल्न नदिइने तथा थप सङ्घर्षका कार्यक्रम ल्याइने ती विद्यार्थी संगठनहरुले बताएका छन् ।