भदौ २० – सिरहामा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ ।

सिरहा चौहर्वा सडकखण्डको हनुमाननगर प्रम गाविसमा केही मंगलबार साँझ भएको मोटरसाइकल दुर्घटनामा तीन जनाएको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अयोध्यानगर–१ का विना शर्मा, उहाँको छोरा निरञ्जन शर्मा र भतिजा रामकरण शर्मा छन् । मोटरसाइकल तीव्र गतिमा रहेको अवस्थामा दुर्घटना भएकाले तीनैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा राघोपुरका साइकलयात्री लालबिर चौधरी घाइते भएका छन् । घाइते चौधरीको उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।

मृत्यु भएका तीनैजना ज २ प ३२४६ नम्बरको मोटरसाइकलमा सिरहा सदरमुकामबाट घर जाँदै थिए । घाइते भएका चौधरीलाई बचाउन खोज्दा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।