भदौ १९ – भारतमा एक जना नेपालीलाई चोर भन्दै कुटपिट गरी हत्या गरिएको छ ।

उत्तर प्रदेशस्थित गाँडा जिल्ला, मनकापुर कोटवाली क्षेत्रको अशरफपुर गाउँमा उमेश बहादुर मगर नामका नेपालीलाई त्यहाँ बासिन्दाले कुटपिट गरी मारेका हुन् ।

मगरलाई चोर भन्दै लाठी र डण्डाले पिटेर पारेको त्यहाँको जागर पत्रिकाले उल्लेख गरेको छ । मृतक उमेश मगर मोरङ जिल्ला द्रबेशा गाउँका उदय बहादुर मगरका छोरा रहेको खुल्न आएको छ ।

उमेश आफ्ना साथीहरु भरत अधिकारी, प्रेम बहादुर र पदम बहादुरको साथमा गत आइतबार रेलबाट दिल्ली जान लागेको अवस्थामा पानी लिन उत्रिएको अवस्थामा रेल छुटेपछि त्यहाँ अलपत्र परेका थिए ।

उनी त्यहाँ रेल छुटाएपछि बिचलित हुँदै मनकापुरको अशफपुर गाउँ पुग्दा उनलाई त्यहाँ बासिन्दाले चोर भन्दै कुटपिट गरेर हत्या गरेका हुन् ।

मृत्युपछि उमेश मगरको साथमा रहेको परिचय पत्र हेर्दा उनी नेपाली नागरिक रहेको खुल्न आएको हो ।

सो घटनाका विषयमा उनका साथी भरत अधिकारीले प्रहरीमा उजुरी गरेको पनि बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।