प्राय: फिल्मी गसिप बनिरहने नायिका रेखा थापा फेरि चर्चाको विषय बनेकी छिन् । कहिले छविसँगको डिभोर्स त कहिले माओवादी अध्यक्ष पुष्पकमल दाहलसँग कम्मर मर्काएर नायिका रेखाले धेरै चर्चाको साथै आलोचनाको पनि मुकाबिला गरिसकेकी छिन् ।


पछिल्लो समयमा प्रचण्ड निवासमा गएर गोप्य भेटघाट गरेकी नायिका आखिर किन त्यहाँ गइन् भन्ने नै मुख्य विषय बनेको छ ।

केही दिन अगाडि चलचित्र बिकास बोर्डका अध्यक्ष गणेश भण्डारीले राजीनामा दिएपछि नायिका रेखा थापा बोर्डको अध्यक्ष बन्ने दौडमा रहेकी बुझिएको छ । अध्यक्ष बन्ने अभियानमा लागेकी रेखा हिजो प्रचण्ड निवासमा पुगेर गोप्य भेटघाट गरेकी छिन् ।

निकट स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्ड पनि रेखालाई बोर्डको अध्यक्ष सिफारिस गर्न सकारात्मक रहेको बुझिएको छ । रेखाले पाँच बुँदे प्रस्ताव समेत प्रचण्डलाई बुझाएकी छिन् ।

आफ्नो निकट व्यक्तिहरुको साथ गएकी रेखासँगै संगीतकार चेतन सापकोटा, केही सञ्चारकर्मी पनि उक्त भेटघाटमा सामेल थिए । बोर्डको अध्यक्ष बन्ने दौडमा प्रदिप उदय, सञ्चारमन्त्रिका कानुनी सल्लाहकार सरेश कार्की र लक्ष्मण शेष पनि रहेका छन् । – फोटोः मेरोसिनेमा
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।