भदौ १८ – नेपालको दार्चुलासँग सिमा जोडिएको भारतको उत्तराखण्ड राज्यको पिथौरागढको दारमा पहिरोमा परी सात जना नेपालीको निधन भएको छ ।

पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा बैतडीको विशालपुरका ४३ वर्षका मानध्वज कोली, ३५ बर्षका विष्णुराम भुल, ३२ वर्षका श्यामराम भुल, ४० बर्षका सन्तोषराम लोहार, ३० बर्षका रामीराम लोहार, बैतडीकै सर्माली गाविसका २५ बर्षका बीरेन्द्रराम सोनी र ४९ बर्षका झुपराम सोनी रहेको बताइएको छ ।

उनीहरुको दार्चुलासँग सीमा जोडिएको पिथौरागढको धारचुला तहसिल सडकखण्ड अन्तर्गतको बाटो खन्नेक्रममा आइतबार दिउँसो आएको पहिरोले पुरिएर निधन भएको बताइएको छ ।

११ जना नेपाली सडकमा काम गरिरहेको अवस्थामा पहिरो जाँदा ७ जनाको मृत्यु भएको र ४ जना घाइते भएका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।