काठमाडौं ८ भदौ

नेपाल पत्रकार महासंघको महाधिवेशन ४ र ५ भदौमा काठमाडौंमा प्रज्ञा भवनमा सम्पन्न भयो । महाधिवेशनले गोविन्द आचार्यको नेतृत्वमा नयाँ नेतृत्व समेत चयन गरिसकेको छ ।
महाधिवेशनमा देश तथा प्रवासहित १५ सय बढी प्रतिनिधि पर्यवेक्षक आएका थिए । रमाइलो कुरो चई के भने प्रतिनिधि तथा पर्यवेक्षकसँगै एक जना चोर पत्रकार पनि आएको खुलेको छ ।
ती चोर पत्रकारले ४ गते उदघाटन भएको दिन लेखा समिति सदस्यमा निर्वाचित बनिसकेकी मिराराज भण्डारीको पर्स, नगद, दुई वटा मोबाइल र सुनको टप तथा ब्यागमा भएको आवश्यक कागजपत्र समेत चोरेर भागेको भण्डारीले बताएकी छिन् ।
पत्रकार महासंघले दिएको ब्यागभित्र कलेजी रङको १ ठुलो पर्ष र कलेजी रङको ह्यान्ड् ब्याग रहेको उनले बताएकी छिन् । 

चोरले त्यहाँबाट ब्याग चोरे पछि तीन दिनपछि कोटेश्वरस्थित  भाटभटेनी सुपर मार्केटबाट कार्ड स्वाइप गरेर सामान समेत निकालेको खुलेको छ । 

सामान निकाल्ने क्रममा ती व्यक्तिको सिसी क्यामेराले फोटो कैद गरेको छ । 
भाटभटेनीमा सामान किन्ने क्रममा भने उनले नेपाल पत्रकार महासंघले नै वितरण गरेको कालो ब्याग बोकेका छन् । पत्रकार नभएर साँच्चैको चोर भएको भए पत्रकारको लोगो भएको ब्याग नबोकेर फ्याल्न पनि सक्ने सम्भावना बढी हुन्थ्यो । पर्सीपल्ट पनि ब्याग बोकेकाले उनी कुनै पत्रकार नै हुन सक्ने अनुमान गरिएको छ ।
पीडित भण्डारीले आफूले प्रहरीमा समेत उजुरी दिईसकेको जानकारी गराउँदै कसैले उक्त व्यक्तिलाई चिनेमा प्रहरीलाई खबर गरिदिन वा ९८४१४८०२३८ मा सम्पर्क गरेर सुचना दिई सहयोग गरिदिन आग्रह गरेकी छिन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।