भदौ १८ – कक्षा १२ मा एक विषय लागेर फेल भएका विद्यार्थीका लागि उच्च माध्यमिक शिक्षा परिषदले मौका परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
कक्षा ११ को परीक्षामा उत्तीर्ण भएका तथा २०६९ सालको वैशाखमा संचालित कक्षा १२ को नियमित परिक्षामा सहभागी भई कुनै एउटा मात्र सैद्धान्तिक विषयमा अनुत्तीर्ण भएका विद्यार्थीको लागि मौका परिक्षाका संचालनको लागि परिक्षा तालिका सार्वजनिक गरिएको हो ।
मौका परिक्षा दिने विद्यार्थीले आगामी असोज ७ गतेभित्र परीक्षा आवेदन भरी भरी सक्नुपर्ने छ ।
परीक्षा आवेदन सम्बन्धित विद्यालयका प्रधानाध्यापक अथवा प्राचार्यबाट प्रमाणित गराई बुझाउनु पर्ने उच्च माध्यमिक शिक्षा परिषदले उल्लेख गरेको छ ।
Comments